जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८३ श्रावण १५, शुक्रबार

पर्सा : प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको फैसला कार्यन्वयन टोलीले विशेष सूचनाका आधारमा पर्सा पोखरिया नगरपालिका-२ लमरिया बस्ने २३ वर्षीय सदाम अन्सारीलाई आज लमरिया सडकखण्डबाट नियन्त्रणमा लिइ जिल्ला अदालतमा बुझाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले अन्सारीलाई पर्सा जिल्ला अदालतको २०७८ साल चैत २९ गतेको फैसलाले जबर्जस्ती करणी मुद्दामा १८ वर्ष कैद तोकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार