काठमाडौँ : लघुवित्त पीडितहरूको समस्या समाधानका लागि सरकार र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिबिच ५ बुँदे सहमति भएको छ।
अर्थ मन्त्रालयमा शुक्रबार भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि देशभर सञ्चालनमा रहेका आन्दोलन तथा अनसनका कार्यक्रम तत्काल प्रभावबाट अन्त्य गर्ने सहमति भएको हो।
नेपाल सरकारका माननीय अर्थमन्त्रीस्तरको निर्णयअनुसार गठित वार्ता टोली र संघर्ष समितिका पदाधिकारीबिच सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्णहलमा सम्पन्न बैठकले लघुवित्त पीडितका समस्या समाधानका लागि ठोस कार्ययोजना अघि बढाउने निर्णय गरेको हो।




