काठमाडौं : प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिएका छन् ।
शुक्रबार रोकायालाई परिसर तानिएका हुन् । प्रहरी वृत्त बौद्धको नयाँ नेतृत्वका रूपमा डीएसपी मदन जित महारालाई खटाइएको छ ।
डीएसपी रोकायासँग केही कुरा बुझ्नुपर्ने भएकाले परिसर तानिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी सुशिलसिंह राठौरले बताए ।



