२१ शाखा अधिकृतहरूकाे सरुवा, काे कहाँ पुगे ?

२०८३ श्रावण १५, शुक्रबार

काठमाडाैँ : २१ शाखा अधिकृतकाे सरुवा गरिएकाे छ । शुक्रबार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरूकाे सरुवा गरेकाे हाे।

सीता देवी थापालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । प्रेम राज लुइँटेल र भविन्द्र कार्कीलाई पनि गृह मन्त्रालयमा सरुवा गरिएको छ । सन्ताेष कुमार खत्री र दीपेश कट्टेललाई पनि साेही मन्त्रालयमा सरुवा गरिएकाे छ ।

गौरव पन्थीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रालयले शरद कुमार दाहाललाई जिल्ला समन्वय समितिकाे कार्यालय दाेलखा सरुवा गरेकाे छ । गुलशन भगत चाैरसियालाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएकाे छ भने साजन अधिकारीलाई सञ्चार तथा सूचना मन्त्रालयमा सरुवा गरिएकाे छ ।

 

12

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार