चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

२०८३ श्रावण १६, शनिबार

काठमाडौँ : सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का साथै बिदाका दिन पनि सेवा सञ्चालन गरेको छ ।

त्रिपुरेश्वरथित विभागमा आज शनिबार पनि सेवा प्रवाह भइरहेको जनाइएको छ । विभागमा यही साउन १४ गते देखि दुई सिफ्टमा सेवा दिँदै दैनिक एक हजार ५०० आवेदन फाराम खुलाइएको छ ।

रोजगार अनुमति प्रणाली (इपिएस) का लागि आवेदन दिएका नेपाली सेवाग्राहीलाई सहजता प्रदान गर्न विभागले विद्युतीय राहदानीसम्बन्धी सेवा साउन १४ गतेदेखि २२ गतेसम्म दुई सिफ्टमा सञ्चालन गरिएको विभागले जनाएको छ । सो अवधिमा पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ ।

सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेत बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म विभागबाट सेवा प्रवाह हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार