‘बा : एक योद्धा’को गीत ‘नभन्नू कोइसित’ सार्वजनिक

२०८३ श्रावण २५, सोमबार

काठमाडौं : चलचित्र ‘बा : एक योद्धा’को लोकलयमा आधारित गीत ‘नभन्नू कोइसित’ सार्वजनिक गरिएको छ ।

हरि लम्सालको शब्द तथा संगीत रहेको गीतमा समीक्षा अधिकारी र सागर आलेले स्वर दिएका छन् । पञ्चेबाजाको प्रयोगसहित डान्सिङ बिटमा तयार गरिएको गीतको भिडियोमा केकी अधिकारी र करण साहको नृत्य देख्न सकिन्छ । सुन्दर युवती देखेपछि युवकले घरजमको प्रस्ताव राख्ने र युवतीले त्यसलाई अस्वीकार गर्ने प्रसंगलाई गीतको कथावस्तु बनाइएको छ ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बा स् एक योद्धा’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रले नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीलाई मुख्य कथाका रूपमा प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको ‘बा स् एक योद्धा’ले बाबु–सन्तानको सम्बन्ध, त्याग र संघर्षको कथा प्रस्तुत गर्ने निर्माण पक्षको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार