मुख्यमन्त्री कार्की र प्रदेश प्रमुख खापुङबीच भेट

२०८३ श्रावण २८, बिहीबार

विराटनगर : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश प्रमुख पर्शुराम खापुङबीच भेट भएको छ ।

विराटनगर–३ मा रहेको प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्कीसहितको टोली प्रदेश प्रमुख खापुङ भेट्न पुगेको थियो ।

भेटका अवसरमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएको विषयका साथै पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा जानकारी गराएको आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार