३१ ग्राम खैरो हेरोइनसहित दुई युवक पक्राउ

२०८३ श्रावण २८, बिहीबार

काठमाडौँ : कञ्चनपुरमा ३१ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी झिलमिलाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ बस्ने वर्ष २६ का रोसन सार्की र सोही ठाउँ बस्ने वर्ष ३० का ठगु राम डगौरा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले बुधबार  बेलडाँडी गाउँपालिका वडा नम्बर ०३ बनपुरुवास्थित सडकखण्डमा चेकजाँच गर्दा शंकास्पद अवस्थामा रहेका दुवै जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनीहरूको साथबाट प्रहरीले ३१ ग्राम १० मिलिग्राम तौल भएको लागु औषध खैरो हेरोइन बरामद गरेको छ ।

साथै, उनीहरूले प्रयोग गरिरहेको म १ प ९३०१ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ र उनीहरूविरुद्ध लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको रावतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार