पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग जवाफ माग

२०८३ श्रावण २८, बिहीबार

काठमाडौं : सर्वोच्च अदालतले ललिता निवास जग्गा भ्रष्टाचार प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई र अख्तियारलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश डा.मनोज शर्मा, न्यायाधीशहरू विनोद शर्मा र सुनिलकुमार पोखरेलको पूर्ण इजलासले रिट दायर भएको दुई वर्षपछि लिखित जवाफ माग गरेको हो । बिहीबार भएको सुनुवाइपछि सर्वोच्चबाट जारी आदेशमा मुद्दा चलाउन नपर्ने भए कारणसहितको जवाफ पेस गर्न भनिएको छ ।

सर्वोच्चले नेपाल, डा.भट्टराई, अख्तियारसँगै महान्यायाधीवक्ता कार्यालय र विशेष अदालतका नाममा समेत जवाफ माग गरेको छ । मन्त्रिपरिषदको नीतिगत निर्णय भन्दै भ्रष्टाचारमा उन्मुक्ति दिएको प्रश्न उठाउँदै वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले सर्वोच्चमा रिट दिएका थिए ।

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा.भट्टराइमाथि अनुसन्धान गरी मुद्दा चलाउन न्यौपानेले परमादेश माग गरेका छन् । न्यौपानेले २०८१ फागुन ८ गते रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार