प्रोटोनका दुई विद्युतीय गाडीले नाइमा मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का

२०८३ श्रावण ३१, आईतवार

काठमाडौं : भृकुटीमण्डपमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा प्रोटोनका दुई विद्युतीय एसयूभीले दर्शक तथा ग्राहकको उल्लेख्य ध्यान आकर्षित गरेका छन्।

एक्स्पोको हल ‘बी’स्थित स्टल नम्बर एल–६ मा प्रदर्शनमा राखिएका नयाँ प्रोटोन इ.मास ५ र गत वर्ष सार्वजनिक गरिएको इ.मास ७ अवलोकन गर्न ग्राहकको भीड लागेको कम्पनीले जनाएको छ। ग्राहकहरूले गाडीका विशेषता, मूल्य, स्वामित्व तथा बुकिङ विकल्पबारे जानकारी लिएका थिए।

सहरी प्रयोगलाई लक्षित गरी तयार गरिएको प्रोटोन इ.मास ५ रियर–ह्विल ड्राइभ प्लेटफर्ममा आधारित कम्प्याक्ट विद्युतीय एसयूभी हो। यसमा स्मार्ट स्टोरेज, १४.६ इन्चको फुल एचडी डिस्प्ले, ३७५ लिटरको बुट स्पेस, बाह्य विद्युतीय उपकरण चलाउन सकिने भेहिकल–टु–लोड (भीटुएल) प्रविधि र जी–ट्र्याक्सन कन्ट्रोल सिस्टमलगायत सुविधा छन्।

इ.मास ५ ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध छ। यसको मूल्य क्रमशः रु. ३२ लाख ९९ हजार र रु. ३६ लाख ९९ हजार निर्धारण गरिएको कम्पनीले जनाएको छ।

त्यस्तै, प्रोटोन इ.मास ७ ठूलो आकारको विद्युतीय एसयूभी हो। फराकिलो स्पेस, उच्च प्रदर्शन र लामो दूरीको यात्रालाई लक्षित गरिएको यस गाडीको प्राइम भेरियन्टमा १६० किलोवाटको विद्युतीय मोटर र ४९.५२ किलोवाट–आवरको एलएफपी ब्याट्री रहेको छ। यसले डब्लुएलटीपी मापदण्डअनुसार करिब ३४५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।

इ.मास ७ मा एडीएएस प्रविधि र १५.४ इन्चको डिस्प्ले उपलब्ध छ। यो पनि ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध छ, जसको मूल्य क्रमशः रु. ४९ लाख ९९ हजार र रु. ५९ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ।

नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण बढिरहेका बेला यी दुई मोडलले फरक ग्राहक वर्गलाई लक्षित गरेको जगदम्बा मोटर्सको भनाइ छ। इ.मास ५ लाई दैनिक सहरी प्रयोगका लागि र इ.मास ७ लाई पारिवारिक तथा लामो दूरीको यात्राका लागि उपयुक्त एसयूभीका रूपमा कम्पनीले प्रस्तुत गरेको छ।

साउन २६ देखि ३१ गतेसम्म आयोजना भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा जगदम्बा मोटर्सले ग्राहकलाई दुवै गाडी प्रत्यक्ष अवलोकन गरी तिनका विशेषताबारे जानकारी लिन तथा बुकिङका विकल्प बुझ्न आग्रह गरेको थियो। एक्स्पोमा प्रोटोनको स्टल अवलोकन गर्न छुटेका ग्राहकलाई कम्पनीले आगामी नाडा अटो शो २०२६ मा हल ४ स्थित स्टल नम्बर जी–१५ मा पुगेर गाडीको अनुभव लिन आग्रह गरेको छ।

साथै, ‘नाडा अटो शो २०२६’ मा ग्राहकहरूका लागि थप आकर्षक तथा रोमाञ्चक अफरहरू पनि सार्वजनिक गरिने कम्पनीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार