काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ७१.२२ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४५ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १०.६४ प्रतिशतले बढेर १ अर्ब ९५ करोड ५० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले १ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको कुल बीमाशुल्क आर्जन १०.३२ प्रतिशतले बढेर ६ अर्ब २१ करोड १२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा कम्पनीले ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
कम्पनीको बीमाकोषको आकार ३३.५३ प्रतिशतले बढेर ७ अर्ब ९४ करोड ७३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको बीमाकोषमा ५ अर्ब ९५ करोड १५ लाख रुपैयाँ रहेको थियो । कम्पनीको कुल आम्दानी ७.४४ प्रतिशतले बढेर २ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको कुल आम्दानी २ अर्ब ७५ करोड ७ लाख रूपैयाँ रहेको थियो ।
कम्पनीको कुल खर्च ३३.०३ प्रतिशतले बढेर २ अर्ब ७७ करोड ८० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको कुल खर्च २ अर्ब ८ करोड ८३ लाख रूपैयाँ रहेको थियो । कम्पनीको महाविपत्ति कोषमा १६ करोड ७६ लाख रुपैयाँ, विशेष जगेडामा १ अर्ब ९८ करोड २६ लाख रुपैयाँ र अन्य इक्विटीमा ६२ करोड १६ लाख रुपैयाँ रहेको छ।
३ अर्ब १० करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ७ करोड ९८ लाख रुपैयाँ रहेको छ । कम्पनीले पुनर्बीमा मार्फत ४ अर्ब २५ करोड ६२ लाख रुपैयाँ खर्चिएको छ । गत आवको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३ अर्ब ८६ करोड २७ लाख रुपैयाँ खर्चिएको थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी ४.१९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९१.९५ रुपैयाँ रहेको छ।





