काठमाडौँ : लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गतको बैठक भदौ १ गते सोमबार बस्ने भएको छ ।
प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार बैठक दिउँसो १ बजे बस्नेछ । भोलि बस्ने बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले बताए ।
उनका अनुसार बैठकको सुरुवातमा प्रदेश प्रमुखबाट प्राप्त पत्रहरू सभामुखले प्रदेशसभामा पढेर सुनाउनेछन् । त्यसपछि मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रक्रिया अघि बढ्नेछ ।





