गायिका उषा मलाहाको तीज गीत ‘चट्टै परेर’ सार्वजनिक

२०८३ भाद्र ३, बुधबार

काठमाडौँ : गायिका उषा मलाहा ‘सिम्रन’को नयाँ तीज गीत ‘चट्टै परेर’ सार्वजनिक भएको छ। उक्त गीत गायिकाको आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत बजारमा ल्याइएको हो।

आधुनिकताको प्रभावसँगै मौलिक गीत तथा परम्परागत संस्कृति ओझेलमा पर्दै गएको अवस्थामा यस गीतले तीजको वास्तविक भावना, माइतीको माया र साथीसङ्गीका यादहरूलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। डिपी खनालको शब्द, देबेन्द्र बरालको सङ्गीत र विश्व अधिकारीको एरेन्जमा गीत तयार पारिएको हो।

गीतको भिडियोमा सुनिशा बजगाईं र सुशीला थापालगायतका कलाकारको अभिनय छ। रोशन विश्वकर्माको कोरियोग्राफी रहेको यस भिडियोको निर्देशन शान थापाले गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार