गोविन्दाकी पत्नी सुनीताले फिर्ता लिइन् डिभोर्सको मुद्दा

२०८३ भाद्र ३, बुधबार

मुम्बइ : बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाबीचको सङ्कटग्रस्त वैवाहिक जीवनमा नयाँ मोड आएको छ । सुनिताले गोविन्दाविरुद्ध दायर गरेको सम्बन्धविच्छेद (डिभोर्स) मुद्दा फिर्ता लिएकी छन् ।

गोविन्दाका म्यानेजर शशी सिन्हाले यसको पुष्टी गरे । बुधबार (१९ अगस्ट २०२६) सुनिता आफ्ना छोरा यशवद्र्धन आहुजासहित मुम्बईको बान्द्रा परिवार अदालतमा देखिएकी थिइन् । पपाराजीले उनलाई अदालत आएको कारण सोध्दा उनले ठट्टा गर्दै भनिन्, ‘जन्मदिन मनाउन आएकी थिएँ ।’

यसपछि शशी सिन्हाले हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै भने, ‘सबै किन डराइरहेका छन् ? सुनिताजीले आफ्नो मुद्दा फिर्ता लिइसक्नुभएको छ । यो त खुसीको कुरा हो ।

उनले थपे, ‘उनी धेरै रिसाएको देखिएकाले सबैलाई समस्या भएको जस्तो लागेको होला, तर अहिले दुवैबीच सबै ठीक छ ।’
रिपोर्टअनुसार सुनिताले ५ डिसेम्बर २०२४ मा बान्द्रा परिवार अदालतमा हिन्दू म्यारिज एक्ट १९५५ अन्तर्गत व्यभिचार, क्रुरता र परित्यागको आरोप लगाउँदै सम्बन्धविच्छेदको याचिका दायर गरेकी थिइन् ।

गोविन्दा र सुनीताको विवाह सन् १९८७ मा भएको हो । उनीहरुका दुई सन्तान छन्- छोरी टीना आहुजा र छोरा यशवद्र्धन । हाल उनीहरुबीचको मनमुटाव उत्कर्षमा पुगेर वैवाहिक सम्बन्ध धरापमा परेको थिए । केही दिनअघि मात्रै सुनीताले पति गोविन्दालाई ‘सुगर ड्याडी’ को संज्ञा दिएकी थिइन् ।

गोविन्दा आफ्नी आगामी फिल्म रूपाकी सहकलाकार कोमल रानी स्वर्णकरसँग अफेयरमा रहेको चर्चा छ । उनीहरु एकसाथ एयरपोर्टमा देखिएपछि सुनिताले पपाराजीसँग कुरा गर्दै आलोचना गरेकी थिइन् । उनले भनेकी थिइन् कि गोविन्दा छोरीको उमेरकी केटीसँग घुमिरहेका छन् र उनले लाज मान्नुपर्छ ।

उनले थपिन्, ‘तिम्रो सुगर ड्याडी यति धनी छन् भने कम्तीमा राम्रा कपडा त लगाऊ ।’ गोविन्दाले जवाफमा सुनीतालाई मनपरी नबोल्न कडा चेतावनी दिएका थिए । यसले उनीहरूबीचको विवादलाई थप चर्काएको थियो।

गोविन्दाका म्यानेजरले परिवारका विषय परिवारभित्रै रहनुपर्ने बताउँदै मुद्दा सार्वजनिक भएकोमा दुःख व्यक्त गरेका छन् । अहिले मुद्दा फिर्ता भएसँगै दुवैबीच सबै ठीक भएको दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार