चलचित्र ‘मास्टर्नी’ को अग्रिम टिकट बिक्री खुला

२०८३ भाद्र ३, बुधबार

काठमाडाैं : भदौ ५ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मास्टर्नी’को अग्रिम टिकट बिक्री खुला गरिएको छ ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्ससहित अन्य केही मल्टिप्लेक्समा पनि चलचित्रका शो खुला गरिएको हाे । क्राइम थ्रिलर चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘ए’ श्रेणीमा वर्गीकरण गरेको छ। यो चलचित्र १६ वर्षभन्दा माथिका दर्शकले हेर्न पाउनेछन् ।

सुवेन्दु घोषको निर्देशनमा तयार भएको यस चलचित्रमा प्रियंका कार्की, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा, दीपकराज गिरी, दीपाश्री निरौला, अनुपविक्रम शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीको संयुक्त लगानी रहेको छ । चलचित्रको कथा स्वयं अभिनेत्री कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्नेतले लेखेका हुन् । संवाद लेखनमा प्रियंका र शानले सहकार्य गरेका छन् ।

चलचित्रलाई आरआर फिल्म्सले देशभर वितरण गर्नेछ । रोहित शाक्य र त्रिशला गुरुङको संगीत रहेको चलचित्रको पोस्टर तथा पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टका लागि रोयल भीमसेन र ज्ञानु संगम खड्काले तयार गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार