नेपाल प्रहरीका एसएसपी भ्रष्टाचार मुद्दामा दोषी ठहर

२०८३ भाद्र ४, बिहीबार

काठमाडौँ : नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल प्रहरीका एसएसपी दोषी ठहर भएका छन्।

प्राविधिक एसएसपी लालबाबु गिरीलाई विशेष अदालतले बिहीबार दोषी ठहर गरी पाँच हजार रुपैयाँ जरिवाना सुनाएको हो । न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र उमेश कोइरालाको इजलासले दोषी ठहर गरेको हो।

बिहारमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी उनले ०५२ सालमा नेपाल प्रहरीमा सइ पदबाट जागिर खाई पछिल्लो समय प्रहरी अस्पतालमा एसएसपीका रूपमा कार्यरत थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ८ पुसमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो।

गिरीले पेस गरेको रोल नम्बर ७१८ नम्बरको क्रमसंख्या नभेटिएको भनेर बिहार स्कुल अफ इक्ज्यामिनेस बोर्ड, पटनाले पत्र लेखेपछि विशेषले उनलाई दोषी ठहर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार