नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कार्की पुनः नियुक्त

२०८३ भाद्र ४, बिहीबार

काठमाडौँ : नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की पुनः नियुक्त भएका छन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। कार्की यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। अध्यादेशमार्फत पदमुक्त भएपछि उनले पुनः कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका थिए।

पुनः आवेदन दिएका कार्कीलाई मन्त्रिपरिषद्ले कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार