अख्तियारमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन : लामिछाने

२०८३ भाद्र ४, बिहीबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कानुनले दिएको अधिकार प्रयोग गर्ने सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कुनै किसिमको राजनीतिक हस्तक्षेप नहुने प्रस्ट पारेका छन्।

बिहीबार राज्यव्यवस्था तथा सुशासन समितिमा सभापति लामिछानेले आयोगको वर्तमान नेतृत्व अघिल्ला सरकारको पालामा नियुक्त भएको स्मरण गराउँदै सुशासन कायम गर्ने सवालमा कुनै हस्तक्षेप नहुने बताए।

‘म तपाईंहरूलाई सत्तारूढ दलको सभापतिको हैसियतले यति भन्न सक्छु– हाम्रो कहीँ–कतै केही आग्रह–पूर्वाग्रह छैन। कानुनले दिएको अधिकारलाई प्रयोग गरेर सुशासन कायम गर्ने कुरामा कुनै किसिमको राजनीतिक हस्तक्षेप हामीबाट हुनेवाला छैन,’ उनले भने।

सभापति लामिछानेले नीतिगत निर्णयको अपव्याख्याले अनिर्णयको बन्दी हुन सक्ने औँल्याउँदै यसबारे कानुनमा नै स्पष्ट पार्नुपर्ने बताए। उनले भने, ‘हामीले स्पष्ट पारिदिनुपर्छ। नीतिगत निर्णयको आवश्यकता पर्छ । नत्र क्याबिनेटले कसरी काम गर्छ ? कुन प्रधानमन्त्रीले काम गर्छ ? निर्णय नै गर्न डराउने हो भने देश कसरी अगाडि बढाउँछ ? सुशासन, विकास, समुन्नतिको निर्णय कसले गर्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार