काठमाडौँ : शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रूपैयाँ कायम भएकोमा आज ३ हजार ३ सय रूपैयाँले बढेर ३ लाख १६ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ५५ रूपैयाँ कायम भएकोमा आज १ सय ३० रुपैयाँले बढेर ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ ।





