जनकपुरमा प्रोटोनको शोरुम सञ्चालन, ‘द अल–न्यु प्रोटोन ई.मास ५’ सार्वजनिक

२०८३ भाद्र ५, शुक्रबार

काठमाडौँ : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले जनकपुरमा नयाँ आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ ।

शोरुम शुभारम्भसँगै कम्पनीले ‘द अल–न्यु प्रोटोन ई.मास ५’ पनि सार्वजनिक गरेको छ । नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा ई.मास ५ सार्वजनिक गरिएको हो । कम्पनीका अनुसार सहरी जीवनशैली तथा दैनिक यात्रालाई सहज, स्मार्ट र आधुनिक बनाउने उद्देश्यले यो विद्युतीय सवारी ल्याइएको हो ।

हालै मलेसियामा आयोजित ‘अलियान्ज डीएसएफ भेहिकल अफ द इयर अवार्ड्स २०२६’ मा ई.मास ५ ले ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ को उपाधि जितेको कम्पनीले जनाएको छ । ई.मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो लगायतका सुविधा छन् ।

त्यस्तै, ७० लिटरको फ्रन्ट फ्रङ्क, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस तथा ३२ वटा स्टोरेज कम्पार्टमेन्ट रहेको कम्पनीको दाबी छ । शोरुम उद्घाटन तथा ई.मास ५ सार्वजनिक कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, व्यवसायिक साझेदार, सञ्चारकर्मी, अटो पत्रकार तथा अन्य विशिष्ट अतिथिको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले प्रोटोनसँगको साझेदारीलाई निरन्तरता दिँदै जनकपुरका ग्राहकका लागि ई.मास ५ सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताए । उनले आधुनिक प्रविधि, सुरक्षा, व्यावहारिक उपयोगिता र आकर्षक मूल्यको संयोजनले ई.मास ५ यस क्षेत्रका ग्राहकको रोजाइमा पर्ने विश्वास व्यक्त गरे ।

भक्तपुरबाट सुरु भएको ई.मास ५ को क्षेत्रीय सार्वजनिककरण अभियान धनगढी हुँदै जनकपुर पुगेको र वीरगञ्जमा हुने कार्यक्रमसँगै अर्को चरण पूरा हुने कम्पनीले जनाएको छ । नेपालभर रहेका ११ वटा प्रोटोन शोरुममार्फत ई.मास ५ ग्राहकसम्म पुर्‍याउने योजना पनि कम्पनीले सार्वजनिक गरेको छ ।

प्रोटोन ई.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । जनकपुरमा आयोजित क्षेत्रीय सार्वजनिककरणको अवसरमा प्राइम भेरियन्टको सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तथा प्रिमियम भेरियन्टको सुरुवाती मूल्य ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार