हामी ओलीलाई हटाउने पक्षमा छैनौँ : शंकर पोखरेल

२०८३ भाद्र ६, शनिबार

काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफूहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

शनिबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूहरू अहिले पार्टीलाई पुरानै अवस्थामा फर्काउन पुनर्गठनको प्रक्रियामा रहेको भन्दै ओलीलाई अध्यक्षबाट हटाउने पक्षमा नरहेको बताएका हुन् । पार्टी नेतृत्व परिवर्तन सामाजिक सञ्जालको बहस, सार्वजनिक टीकाटिप्पणी वा बाहिरी छलफलबाट नहुने उनले उल्लेख गरे ।

उनले एमालेको महाधिवेशन कहिले हुने भन्ने निर्णय गर्ने पूर्ण अधिकार पार्टीको केन्द्रीय कमिटीसँग मात्र रहेको बताए । पार्टीमा रूपान्तरण आवश्यक रहेको उनले स्वीकार गरे । जनतासँगको सम्बन्ध पुनः जोड्न र कार्यकर्ताको मनोबल बढाउन पार्टीभित्र छलफल भइरहेको तथा यसनिम्ति कार्यदल गठन गरिएको उनले जानकारी गराए ।

महासचिव पोखरेलले लोकतन्त्र र संविधानको रक्षाका निम्ति संसद्‌भित्र तथा बाहिर रहेका दलहरूसँग सहकार्यको प्रयास भइरहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार