काठमाडौं : झापामा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ का ४० वर्षीय अशोककुमार राई छन् । १८ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार बेलुका उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
अशोकले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






