काठमाडौँ : बैतडीको डिलासैनी गाउँपालिका– ४, तडिबाटाकी २८ वर्षीया भागरथी सार्कीको भिरबाट खसेर मृत्यु भएको छ।
घाँस काटेर फर्किने क्रममा चिप्लिएर उनी बिरापड भिरबाट करिब नाै सय मिटर तल पिलगढी खोलामा खसेकी थिइन्। खोलामा खसेकी उनको घटनास्थलमै मृत्यु भएको आफन्त कालुराम सार्कीले जानकारी दिए।
मृतक सार्कीका आठ र ६ वर्षका दुई छोरा छन्।






