काठमाडौं : चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि जिम्बाब्वेका स्टार सिकन्दर राजालाई अनुबन्ध गरेको छ ।
चितवनले सनमाजिक सञ्जालमार्फत राजालाई भित्र्याएको जानकारी दिएको हो । विश्व क्रिकेटका अनुभवी अलराउन्डर राजाले यसअघि पनि नेपालको लिग खेलिसकेका छन् । उनले सन् २०२१ को एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा विराटनगर वारियर्सको प्रतिनिधित्व गरेका थिए ।
राजाले १३३ टी–२० अन्तर्राष्ट्रिय खेलमा ३ हजार ८९ रन बनाउनुका साथै १०७ विकेट लिएका छन् । राजा चितवन भित्रिने दोस्रो विदेशी खेलाडी हुन् । टोलीले यसअघि इंग्ल्यान्डका रवि बोपाराालाई निरन्तरता दिने निर्णय गरिसकेको छ । एनपीएलको तेस्रो सिजन कार्तिक ९ देखि मंसिर ५ सम्म हुँदै छ ।






