अस्ट्रेलिया र बंगलादेशको टेस्ट शृंखला बराबरी

२०८३ भाद्र ७, आईतवार

काठमाडौं  घरेलु टोली अस्ट्रेलियाले बंगलादेशविरुद्धको टेस्ट शृंखला १–१ को बराबरीमा टुंगाएको छ ।

अस्ट्रेलिया दोस्रो तथा अन्तिम टेस्टमा इनिङ र ५१ रनले विजयी भयो । पहिलो टेस्टमा बंगलादेश नौ विकेटले विजयी भएको थियो । दोस्रो टेस्ट दुई दिनमै सकिएको हो । दोस्रो इनिङमा बंगलादेश ९५ रनमै समेटिएपछि अस्ट्रेलिया ब्याटिङका लागि आउनै परेन ।

बंगलादेशका कप्तान नज्मुल हसन शान्तोले ३१ र मुस्फिकुर रहिमले अविजित २९ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । अस्ट्रेलियाका मिचेल स्टार्कले चार तथा कप्तान प्याट कमिन्स र नाथन लायनले तीन–तीन विकेट लिए ।

त्यसअघि ग्रेट ब्यारियर रिफ एरिनामा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश पहिलो इनिङमा ६४ रनमै समेटिएको थियो । अस्ट्रेलियाले पहिलो इनिङमा २१० रन बनाउँदै १६४ रनको अग्रता बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार