काठमाडौं : रियल मड्रिडले ला लिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।
आइतबार राति भएको खेलमा जोसे मोउरिन्होको टोलीले एस्पान्योललाई २–१ ले पराजित गर्यो । रियलका लागि जूड बेलिङ्घमले नवौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तर ३०औँ मिनेटमा एलेक्स कालात्राभाले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ को बराबरीमा सकियो ।
खेल बराबरीतर्फ उन्मुख भएका बेला ९०औं मिनेटमा कार्लोस एस्पीले निर्णायक गोल गर्दै रियललाई तीन अंक दिलाए ।






