काठमाडाैँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् ।
बिहीबार बिहान ९ बजेलाई बोलाइएको बैठकमा भोटेकोशी बाढी, बाढीले पुर्याएको क्षति, खोजी, उद्वार, राहत र पुनस्थापनाका विषयमा छलफल गरिने रास्वपाले जनाएको छ । बैठक रास्वपा संसदीय दलको कार्यालयमा सिंहदरबारमा बस्ने पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने र राहत तथा पुनःस्थापनाका लागि संयुक्त कदम चाल्ने विषयमा छलफल हुनेछ।






