गगन थापा सर्वसम्मत सभापति बन्न सक्ने सम्भावना छ : चालिसे

२०८३ आश्विन १५, बिहीबार

काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आगामी १५औं महाधिवेशनबाट गगन थापा सर्वसम्मत रूपमा पार्टी सभापति बन्न सक्ने सम्भावना रहेको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता चालिसेले पार्टीभित्र कुनै वास्तविक विवाद नरहेको र आगामी महाधिवेशन नवीन ऊर्जाका साथ गर्न आन्तरिक तयारी पूरा भइसकेको दाबी गरे।

पार्टी विधान र वैधानिक प्रक्रियाअनुसार नै चलिरहेको स्पष्ट पार्दै उनले सकेसम्म सबैलाई समेटेर लैजाने प्रयास भइरहेको बताए। “कसैले पनि आफ्नो निजी आकांक्षालाई राजनीतिकरण गर्नु हुँदैन,” चालिसेले भने, “कांग्रेस समुद्र हो, यसमा छालहरू आउने–जाने गर्छन्। बाहिर पत्रपत्रिकामा विवाद भएजस्तो देखिए पनि पार्टीभित्र कुनै विवाद छैन।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार