तमोर नदीमा बगेर एक किशोर बेपत्ता

२०८३ आश्विन १७, शनिबार

तेह्रथुम : यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन् ।

सदरमुकाम म्याङलुङस्थित दीपज्योति इङ्लिस बोर्डिङ स्कुल कक्षा १० मा अध्ययनरत डिप्लक लिम्बू नदीमा बगेर बेपत्ता भएका हुन् । पाँचथरको कुम्मायक गाउँपालिका–३ स्थायी ठेगाना भई तेह्रथुमको म्याङलुङमा बसोबास गर्दै आएका दिलीप सम्बाहाम्फेका १६ वर्षीय छोरा डिप्लक आज साथीहरूसँग नुहाउन भनि तमोर नदी गएका थिए ।

नुहाउने क्रममा नदीमा बगेर बेपत्ता भएका उनका साथीले बताएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोली परिचालन गरी बेपत्ता किशोरको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख, प्रहरी नायब उपरीक्षक लक्ष्मण ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार