काठमाडौं : इंग्लिस प्रिमियर लिगमा चेल्सीले शनिबार बर्नमाउथविरुद्ध ५–१ को सहज जित दर्ता गरेको छ ।
स्टामफोर्ड ब्रिजमा घरेलु टोली चेल्सीलाई जित दिलाउन जोर्डन हेन्डरसन र जोआओ पेड्रोले दुई–दुई तथा मोर्गन रोजर्सले एक गोल गरे । बर्नमाउथका लागि इभानिल्सनले एक गोल फर्काए । खेलको दोस्रो मिनेटमै हेन्डरसनको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । एक मिनेट पनि बित्न नपाउँदै रोजर्सले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको सुरुआतमै पेड्रोले गोल गर्दा चेल्सी ३–० ले अगाडि बढ्यो । ५१औँ मिनेटमा इभानिल्सनले बर्नमाउथका लागि सान्त्वना गोल गरे ।पेड्रोले ६७ र हेन्डरसन्नले ७०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सीले ५–१ को एकतर्फी जित निकाल्यो ।
जितसँगै ६ खेलमा १० अंक जोडेको चेल्सी पाँचौँ स्थानमा छ । पराजित बर्नमाउथ समान खेलबाट तीन अंकका साथ १७औँ स्थानमा छ ।










