काठमाडौँ : आइतबार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर २ लाख ९६ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय ५ रूपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर ४ हजार ४ सय ४० रूपैयाँ कायम भएको छ ।










