एमजी हेक्टर टोमहक ईभी सार्वजनिक, कति पर्छ मूल्य ?

२०८३ आश्विन २५, आईतवार

काठमाडाैँ : नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले नेपालमा एमजी हेक्टर टोमहक ईभी सार्वजनिक गरेको छ ।

कम्पनीले पहिलो ५० जना ग्राहकका लागि ५७ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर हेक्टर टोमहक ईभीको बिक्री सुरु गरेको हो । ५० जना ग्राहकले वास्तविक मूल्यमा ४ लाख छुट पाउने भएका हुन् । कम्पनीका अनुसार त्यसपछि यस ईभीको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ ।

७ सिट क्षमताको यस ईभीले एक पटकको पूर्ण चार्जमा ५१७ किलोमिटर रेन्ज दिनेछ । यसमा ६९.२ किलोवाट आवर क्षमताको ब्याट्री छ । ९० किलोवाटको डीसी फास्ट चार्जिङ सर्पोट गर्ने भएकाले यो ईभी ३५ मिनेटमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन्छ ।

यस ईभीमा १५० किलोवाटको इलेक्ट्रीक मोटर जडान गरिएको छ । जसले ३१० एनएम (न्युटन मिटर) टर्क प्रदान गर्छ । २३० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स भएको हेक्टर टोमहक ईभीको इन्टेरियर डिजाइन पनि लक्जरीयस छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार