चन्द्र भण्डारीको टिप्पणी – पदले विवेक गुमाए विधि र कानुनले हस्तक्षेप गर्नुपर्छ

२०८३ कार्तिक १६, सोमबार

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले वर्तमान राजनीतिक घटनाक्रमप्रति टिप्पणी गर्दै जोस र लोभका कारण विधि तथा कानुन कमजोर हुन नहुने बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै भण्डारीले जोसले अगाडिको बाटो देख्न छोडे र लोभका सामु पदले विवेक गुमाए विधि तथा कानुनले हस्तक्षेप गर्नुपर्ने बताएका छन्।

उनले भनेका छन्, ‘के हुँदैछ ? जोसले अगाडिको बाटो देख्न छोड्यो, लोभका सामु पदले विवेक गुमायो भने त्यसलाई विधि र कानुनले हस्तक्षेप नगरे भोलिको दुर्घटना रोक्न सकिदैन। किनकि जोस क्षणिक हुन्छ, लोभ अनियन्त्रित हुन्छ, तर त्यसको परिणाम पुस्तौं सम्म भोग्नुपर्छ!’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार