काठमाडौँ : जिल्ला कपिलवस्तु, कपिलवस्तु नगरपालिका –०६ थुनुवा चोकमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आज दिउँसो लु १ ख ८६४३ नम्बरको स्काई लार्क बोर्डिङ स्कुलको बसले UP 55 L 0489 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका –०६ थुमुवा बस्ने ५५ वर्षीय मजर हुसेन र पछाडि सवार ६५ वर्षीय मुस्तकीन मुसलमान घाइते भएका थिए ।
घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएकोमा चिकित्सकले मुस्तकीनलाई मृत घोषणा गरेका छन् भने मोटरसाइकल चालक मजर हुसेनलाई थप उपचारका लागि भैरहवा रिफर गरिएको छ ।
उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।











