हिम पर्वत हाइड्रोपावरको आइपीओ भर्ने समय थप

२०८३ कार्तिक २२, आईतवार

काठमाडौं : हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखिदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा निष्काशन तथा बिक्री खुला गरेको आइपीओमा आवेदन दिने अवधि लम्बिएको छ।

कम्पनीको आइपीओमा अब स्थानिय बासिन्दाहरुले मंसिर १० गतेसम्म आवेदन दिन सक्नेछन्। यद्यपि, मागभन्दा बढी आवेदन परेमा सोभन्दा अगावै जुनसुकै समयमा पनि सूचना प्रकाशित गरी निष्काशन तथा बिक्री बन्द गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशतले हुन आउने ५९ करोड १५ लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५९ लाख १५ हजार कित्ता शेयर बिक्री गर्नेछ।

त्यसमध्ये १६ करोड ९० लाख रुपैयाँबराबरको १६ लाख ९० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गर्दैछ।

त्यसमध्ये १० लाख १४ हजार कित्ता शेयर आयोजनाबाट अतिप्रभावित क्षेत्र दोलखाको बिगु गाउँपालिकाका वडा नं ५, ६, ७ र ८ र कालिन्चोक गाउँपालिका वडा नं २, ३ र ४ का स्थानीय बासिन्दाका लागि जारी गरिने भने बाँकी रहेको ६ लाख ७६ हजार कित्ता ती दुवै गाउँपालिकाका अन्य वडाका स्थानीयलाई बिक्री खुला गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार