काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले साना तथा मझौला उद्यम (SME) क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ लक्ष्मी पूजाको अवसर पारेर २०८३ कार्तिक २२ गतेदेखि ‘एसएमई महोत्सव’ सञ्चालनमा ल्याएको छ। यो विशेष अभियान २०८३ पुस मसान्तसम्म सञ्चालन हुनेछ ।
‘एसएमई महोत्सव’ अन्तर्गत बैंकले व्यवसायी तथा उद्यमीहरूका लागि आकर्षक कर्जा सुविधा उपलब्ध गराएको छ । यस योजनाअन्तर्गत मुक्तिनाथ विकास बैंकमा व्यवसाय कर्जा स्वाप गर्दा आधार दरमा शून्य प्रतिशत प्रिमियम अर्थात् Base Rate ± 0% Premium मा कर्जा सुविधा प्राप्त गर्न सकिनेछ ।
यस विशेष योजनामार्फत व्यवसायीहरूलाई सहज, सरल तथा प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउँदै उनीहरूको वित्तीय व्यवस्थापनलाई सहज बनाउने तथा व्यवसाय विस्तारका लागि थप अवसर सिर्जना गर्ने बैंकको उद्देश्य रहेको छ । विशेषगरी साना तथा मझौला उद्यमीहरूलाई लक्षित यस अभियानले व्यवसाय सञ्चालन तथा विस्तारमा आवश्यक वित्तीय स्रोतको पहुँचलाई थप सहज बनाउने विश्वास बैंकले लिएको छ ।
मुक्तिनाथ विकास बैंकले ग्राहकको आवश्यकता, व्यवसायको सम्भावना तथा उद्यमशीलताको प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै विभिन्न वित्तीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ । ‘एसएमई महोत्सव’ पनि उद्यमशीलता प्रवद्र्धन, व्यवसायीलाई थप वित्तीय अवसर प्रदान तथा ग्राहकसँगको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने बैंकको निरन्तर प्रयासको एक महत्वपूर्ण हिस्सा हो ।
यस विशेष अवसरको लाभ लिन इच्छुक व्यवसायी तथा उद्यमीहरूले मुक्तिनाथ विकास बैंकका नजिकका शाखा कार्यालयमा सम्पर्क गरी योजनासम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् ।











