काठमाडौं : आइतबार लक्ष्मी पूजाको दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि शुक्रबार पनि सोही मूल्यमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य पनि प्रतितोला ३ हजार ८ सय १० रुपैयाँमा स्थिर छ । यसअघि शुक्रबार पनि सोही मूल्यमा किनबेच भएको थियो । आज १० ग्राम चाँदीको मूल्य ३ हजार २ सय ६७ रुपैयाँ तोकिएको छ ।











