भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

२०८३ मंसिर ७, सोमबार

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणका क्रममा दिएको नेपाल भ्रमणको निमन्त्रणा मोदीले स्वीकार गरेका हुन्।

प्रधानमन्त्री शाहको भारत भ्रमणपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा मोदीले नेपाल भ्रमणको निमन्त्रणा स्वीकार गरेको उल्लेख छ। यद्यपि, उनको नेपाल भ्रमणको मिति भने कूटनीतिक माध्यमबाट तय गरिने विज्ञप्तिमा जनाइएको छ।

प्रधानमन्त्री शाहले आफू र आफ्नो प्रतिनिधिमण्डललाई भारतमा न्यानो आतिथ्य दिएको भन्दै मोदीप्रति आभार व्यक्त गरेका थिए। सोही क्रममा उनले मोदीलाई औपचारिक रूपमा नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार