आँपमा घातक रसायन : टाउको दुख्नेदेखि क्यान्सरसम्मको जोखिम

२०८० जेष्ठ २३, मंगलवार

काठमाडौँ : आँप पाक्ने सिजन सुरु हुुनुभन्दा अगाडि नै शहर बजारमा यतिबेला आँप छ्यापछ्याप्ती बेच्न राखिएको देखिन्छ । तर, यसरी प्राकृतिक रुपमा पाक्नु अगाडीनै पाकेका र बेच्न राखिएका आँप स्वास्थ्यका दृष्टिले खान योग्य हुन् त ? यो महत्वपूर्ण कुरा हो । अहिलेका आँपमा पकाउन प्रयोग गरिने क्याल्सियमकर्बाईड नामक रसायनको प्रयोग समते हुने गरेको देखिन्छ । जुन रसायन स्वास्थ्यका लागि घातक निकै घातक मानिन्छ ।

बजारमा बेच्न राखिएका वास्नादार र पाकेर पहेला भएका आँप देख्दा उपभोक्ताहरु आकर्षित भइरहेको देखिन्छ । तर, यो आँप हेर्दा जति खाँउ खाउँ लाग्ने देखिएको छ त्यतिनै साँचै खान योग्य छ त ?

पौष्टिक तत्वले भरीपूर्ण आँप स्वास्थ्यका लागि निकै फाइदा जनक मानिन्छ । आँपमा प्रोटिन, खनिज, फोस्फोरस फलाम जस्ता पौष्टिक तत्वहरु पाइन्छ । जसका कारण हिन्दुशास्त्रमा आँपलाई अमृत फल समेत भनिएको छ । तर यहि अमृतफल सिजन अगाडीनै टिपेर क्याल्सियम ’कर्बाईड’ नामक रसायनको प्रयोग गरि पकाइदा भने विष सरहको हुने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार गत वर्ष पनि आँप खाएर विरामी भएका धेरै घटना देखिएका थिए । साथै यो वर्ष पनि आँप सेवन पछि विरामी परेका घटना आएका कारण आँप सेवन गर्नुपूर्व सावधानी अपनाउन चिकित्सकको अनुरोध छ ।

आँप पाक्ने सिजन भनेको असार साउन तिर हो । तर बढि नाफा कमाउने प्रलोभमा काँचो आँपलाई रसायन हालेर बजारमा बेच्नका लागि ल्याउने गरिएको यसका जानकार बताउँछन् । नेपालमा तरकारीमा विषदीको प्रयोग गरिएको छ वा छैन भनेर बिषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला एकाइबाट हेर्ने गरिएको छ । प्रयोगशालाका अनुसार आँपको बोटमा नभइर टिपेर पाइने भएकाले कसरी पाइन्छ भन्ने विषयमा भने प्रयोगशालबाट कुनै परिक्षण गरिने गरिएको छैन । तर खाद्य तथा गुण नियन्त्रण विभागकोभने पछिल्लो समय आँप पकाउन अन्य विधि समेत प्रयोग हुन थालेका कारण क्याल्सियम कर्बाईडको प्रयोग नभएको दाबी गर्छ ।

आँप फल आफैमा स्वास्थ्यका लागि फलदायी फलफूल हो । तर हरेक वर्ष आँपको सिजन सुरु हुनु भन्दा अगाडी नै टिपेर अप्राकृतिक रुपमा पाकाउने गरेका तथ्य बाहिर आँउने गरेका छन् । यदि आँप पकाउँन क्याल्सियमकर्बाईड जस्तो घातक रसाएको प्रयोग भएको छ भने यस्ता आँप सेवनले तत्काल झाडापखाला, वान्ता हुने टाउको दुख्ने आलस्य हुने धड्कन बढ्ने जस्ता स्वास्थ्य समस्या गर्दछ भने दिर्घकालीन रुपमा क्यानसरको जोखिम समेत बढ्ने जानकार बताउँछन् । त्यसैले सम्बन्धित निकायबाट यस्ता खाद्यवस्तुमा मानव स्वास्थ्यमा हानी पुग्ने खालका रसायन जस्ता पर्दाथ प्रयोग भएका छन् वा छै्रन भनेर प्रभावकारी अनुगन हुन आश्वयक देखिन्छ । साथै आम उपभोक्ता पनि यस्ता वस्तु सेव गर्नु पूर्व सचेत समेत हुन आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार