
काठमाडौँ : नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा माओवादी केन्द्र लगायतका विचार र राजनीतिक एजेण्डा मिल्ने पार्टीहरूसँग मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने निर्णय गरेको छ। पार्टीको बिहीबार र शुक्रबार २ दिन चलेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो।
बैठकमा अध्यक्ष र सहअध्यक्षले प्रस्ततुत गरेको प्रस्तावमाथि छलफल भई एकमतले पारित भएको पार्टी प्रचार विभागले जनाएको छ। त्यस्तै, समाजवादी केन्द्र र ध्र्रुव निर्माणका लागि भने समाजवाद केन्द्रित कार्यक्रम सहित माओवादी पार्टीलाई एकताका लागि वार्ता समितिले प्रस्तुतत गरेको प्रस्तावको औपचारिक जवाफ कुर्ने निर्णय भएको छ।
‘समाजवादी केन्द्र र ध्रुव निर्माणको लागि समाजवाद केन्द्रित कार्यक्रम सहित माओवादी पार्टीलाई एकताका लागि वार्ता समितिले प्रस्तुत गरेको प्रस्तावको औपचारिक जवाफ आएपछि पार्टीले निर्णय गर्नेछ,,’ पार्टी निर्णयमा भनिएको छ।
त्यस्तै, केन्द्रीय समिति बैठकले असारदेखि मंसिरसम्म संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।