रामायणमा राम-सीता बन्दै रणवीर र आलिया

२०८० जेष्ठ २५, बिहीबार

मुम्बई : फिल्म निर्माता तथा निर्देशक नितेश तिवारीको प्रतिक्षित फिल्म ‘रामायण’मा अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट राम र सीताको भूमिकामा देखिने भएका छन्। यसअघि यो फिल्ममा सीताको चरित्रमा साउथ अभिनेत्री सई पल्लवीको नाम चर्चामा थियो । तर, अब यो चरित्रमा भने आलिया फाइनल भएकी छन्।

फिल्ममा ‘केजीएफ’ स्टार यश रावणको चरित्रमा देखिनेछन्। निर्माताले आगामी डिसेम्बर २०२३ सम्ममा सुटिङ सुरु हुनेछ। आगामी दीपावलीमा फिल्मको घोषणा हुने निर्माण पक्षले जनाएको छ। केही साताअघि मात्र अभिनेता रणवीरले फिल्मको प्रगतिको बारेमा बुझ्न डीएनईजीको कार्यालय पुगेका थिए।

फिल्मको प्रि-भिजुअलाइजेसनको काम पूरा भइसकेको छ। अहिले निर्माण टिमले रणवीरको रामको भूमिकाका लागि लुक टेस्ट गरिरहेको छ। रामको भूमिका लागि लुक्स फाइनल भएपछि उनी फिजिकल ट्रान्सफर्मेसनमा व्यस्त हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार