केजिएफ तथा कान्ताराका निर्माताले ल्याए नयाँ फिल्म ‘धूमम’, ट्रेलर सार्वजनिक

२०८० जेष्ठ २६, शुक्रबार

काठमाडौं : ‘केजिएफ’ तथा ‘कान्तारा’ जस्तो व्ल्कबस्टर सिनेमा बनाएको होम्बले फिल्मस् आफ्नो बहुप्रतिक्षित नयाँ संस्पेन्स थ्रिलर सिनेमा ‘धुमम’को ट्रेलर सार्वजनिक गरेको छ।

सिनेमालाई पवन कुमारले लेखेका एवं निर्देशन गरेका हुन्।

उनी आफ्ना ‘लूसिया’, ‘यू-टर्न’ जस्ता सिनेमाका लागि चर्चित छन्। यो सिनेमा उनको ड्रिम प्रोजेक्ट हो। अब यसमा ‘केजिएफ’ तथा ‘कान्तारा’ जस्ता सिनेमा बनाउने कम्पनीको साथ पाएपछि यो सिनेमाले यी दुई सिनेमाको जस्तै अवसर पाउने अपेक्षा गरिएको छ।

यो सिनेमामा फहद फासिल, अर्पणा बालमेली, अच्युत कुमार, रोशन म्याथ्यू, विनीत राधाकृष्णन, अनु मोहन, जोय म्याथ्यू तथा नन्दुको अभिनय रहेको छ।

सिनेमा २३ जुनमा रिलिज हुनेछ। यो सिनेमा केरालाका करिब ३ सय सिनेमा घरमा एकसाथ रिलिज हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार