पावरप्लेमा नेदरल्याण्ड्समाथि नेपालको दबाब

२०८० फाल्गुन ५, शनिबार

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि दबाब बनाएको छ ।

पहिलो पावरप्ले अर्थात १० ओभरको खेल सकिँदा नेदरल्याण्ड्सले २ विकेट गुमाएर २८ रन बनाएको छ । खेलको तेस्रो बलमा नै सोमपाल कामीले नेदरल्याण्ड्सका माइकल लेभिटको विकेट लिए । जतिबेला नेदरल्याण्ड्सले खाता नै खोल्न सकेको थिएन ।

नेदरल्याण्ड्सका अर्का ओपनर म्याक्स ओडाउड भने रन आउट भए । उनी टिमको स्कोर २८ रन हुँदा व्यक्तिगत १० रनमा आउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार