नेदरल्यान्डविरुद्ध नेपालको आक्रामक सुरुवात

२०८० फाल्गुन ५, शनिबार

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्धको नेपालले आक्रामक सुरुआत गरेको छ ।

 

नेदरल्यान्डले दिएको १३८ रनको लक्ष्य पछ््याएको नेपालले पहिलो ५ ओभरमा आक्रामक सुरुवात गरेको हो ।

नेपालले पहिलो ५ ओभरमा १ विकेट गुमाएर ५६ रन बनाएर खेलिरहेको छ । ओपनर कुशल भुर्तेल ११ बलमा २८ रन बनाएर आउट भएका छन् । अनिलकुमार शाह ७ र आसिफ शेष १९ रन बनाएर क्रिजमा छन् ।

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्डले ३९ ओभरमा १३७ रनमा समेटिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार