क्यानडा–११ सँगको अभ्यास खेलमा नेपाल ए को मध्यम प्रदर्शन, ६ विकेटमा १३७ रन

२०८० फाल्गुन ६, आईतवार

काठमाडौँ : तीन खेलको एकदिवसीय अभ्यास खेलअन्तर्गत नेपाल ए ले ६ विकेट गुमाएको छ। क्यानडा–११ सँग मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरिरहेको नेपाल ए ले हालसम्म ३६ ओभरको खेल सकिँदा ६ विकेट गुमाएर १३७ रन जाडेको छ।

नेपालका लागि हाल मैदानमा विवेक यादव र बशिर अहमद खेलिरहेका छन्। मध्यम सुरुआत गरेको नेपालका लागि राशिद खान र सन्दिप जोराले पारी सम्हाल्दै सय रन कटाए। दुई सातापछि यूएईमा आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास खेल खेल्न लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार