नेरदल्यान्ड्ससँग नामिबिया ७ विकेटले पराजित, शीर्ष स्थानमा उक्लियो नेपाल

२०८० फाल्गुन ७, सोमबार

काठमाडौं :आईसीसी क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक ओडीआई सिरिजमा नेरदल्यान्ड्ससँग नामिबिया ७ विकेटले पराजित भएको छ । नामिबियाले दिएको १२४ रनको झिनो लक्ष्य नेरदल्यान्ड्सले तीन विकेट गुमाएर भेट्टाएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला फिल्डिङ गरेको नेरदल्यान्ड्सले नामिबियालाई १२३ रनमा अलआउट गरेको थियो । नामिबियाका लागि जेजे स्मिथले सर्वाधिक २६ रन बनाए । उनले दुई छक्का र एक चौका हाने ।

त्यस्तै, रुबेन ट्रम्पलम्यानले ३९ बलमा २० रन बनाए । उनले एक छक्का प्रहार गरे । विकेटकिपर जेन ग्रिनले १९ रन बनाए । निकोलास डेभिन र कप्तान जेरहार्ड इरास्मसले १३–१३ रन बनाएका थिए ।

नेदरल्यान्ड्सका आर्यन दत्तले घातक बलिङ गर्दै ६ विकेट लिएपछि नामिबया ३५.१ ओभरमा अलआउट हुन पुगेको हो । दत्तले ९ ओभर बलिङ गर्दै ३४ रन खर्चेर ६ विकेट लिएका हुन् । कायल क्लेइनले २ तथा म्याक्स ओ डाओड र रोलोफ भान डर भर्वेले १–१ विकेट लिए ।

नेरदल्यान्ड्सका लागि मिचेल लिभितले सर्वाधिक ५७ रन बनाए । यस क्रममा उनले आठ चौका र दुई छक्का प्रहार गरे । यस्तै, म्याक्स ओउडोले दुई छक्का र दुई चौकाको मद्दतमा २८ रन बनाए । खेलमा नामिबियाका लागि ग्रेहार्ड इरास्मुसले व्यक्तिगत तीन विकेट लिए ।

त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो । आजको खेलमा नामिबिया पराजित भएसँगै नेट रन नेटमा नेपाल शीर्ष स्थानमा उक्लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2

ताजा समाचार