फिल्म ‘बेहुली फ्रम मेघौली’को छायांकन सम्पन्न

२०८० चैत्र २७, मंगलवार

काठमाडौं : फिल्म ‘बेहुली फ्रम मेघौली’को छायांकन सकिएको छ । निर्माणपक्षले फिल्मको छायांकन ३४ दिनमा प्याकअप गराएको हो ।

निश्चल बस्नेत तथा स्वस्तिमा खड्काको अन्स्क्रिन रोमान्स फिल्मको छायांकन सकिएको भन्दै यसका कलाकार तथा प्राविधिकहरूले भिडियो समेत शेयर गरेका छन् । चितवनको रमणीय स्थानमा यो फिल्म खिचिएको छ ।फिल्ममा स्वस्तिमा खड्का, निश्चल बस्नेत, विजय बराल, सिम्रन खड्का, आमिर गौतमलगायत कलाकारको मुख्य भूमिका छ ।

फिल्ममा साजन काफ्ले र आकाश बरालको निर्देशन छ । उनीहरु यही फिल्मबाट निर्देशनमा डेव्यू गरेका हुन्। फिल्मको कथा निर्देशकद्वय यी दुईले नै लेखेका छन्। यो फिल्मलाई नायिका स्वस्तिमा र कलाकार बस्नेतले निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्माता शंकर पाण्डे र फिरोज खड्का छन्।

फिल्ममा बिहेका भव्य सेटहरु समेत लगाइएको छ । सामाजिक कथामा कमेडी शैलीमा तयार भएको फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको छ । यही फिल्मबाट पहिलो पटक निर्मात्री बनेकी स्वस्तिमा उत्साहित देखिएकी छिन् । ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा तयार भएको यो फिल्मको प्रदर्शन मिति समेत तय भइसकेको छ । फिल्मलाई आउँदो बर्ष २०८१ को दशैंमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।

यदि, घोषणा गरिएका सबै फिल्म प्रदर्शन भए भने आउँदो वर्षको दसैँमा फिल्महरूको भिडन्त आक्रामक हुने देखिएको छ। दसैँलाई लक्षित गर्दै ‘छक्का पन्जा ५, बलिदान र गाउँ नै रमाइलो’का निर्माताले प्रदर्शन मिति तय गरिसकेका छन् भने यो भिडमा ‘बेहुली फ्रम मेघौली’ मिसिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार