दक्षिण कोरियामा संसदीय निर्वाचनका लागि मतदान जारी

२०८० चैत्र २८, बुधबार

कोरिया : दक्षिण कोरियाको संसदीय चुनावमा मतदान भइरहेको छ । चुनावले दक्षिण कोरियाली विधायिकाले राष्ट्रपति युन सुक योल नयाँ कार्यकालका लागि सक्षम रहने वा नरहने फैसला दिने योन्हाप समाचार एजेन्सीले जनाएको छ ।

राष्ट्रिय निर्वाचन आयोगका अनुसार स्थानीय समय अनुसार बिहान छ बजे देखि मतदान सुरु भएको हो । देशभरी १४ हजार २५९ मतदान केन्द्रहरूमा साँझ छ वजेसम्म चल्नेछ । तीन करोडभन्दा बढी व्यक्ति मतदान गर्न योग्य छन् ।

राष्ट्रिय सभाको ३०० सदस्यका लागि हुने निर्वाचनमा २५४ सदस्यहरू प्रत्यक्ष निर्वाचित हुनेछन भने अन्य ४६ सदस्य समानुपातिक निर्वाचनबाट चयन हुनेछन् ।
प्रारम्भिक मतदानको आधारमा ७० प्रतिशतभन्दा बढी मतदान हुने आँकलन गरिएको छ । यसअघि सन् २०२० मा सम्पन्न आम निर्वाचनमा ६६.२ प्रतिशत मतदान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार