कमल हसन स्टारर ‘इण्डियन २’ मा देखिंदै मनिषा कोइराला

२०८० चैत्र २९, बिहीबार

काठमाडौं : कमल हसन स्टारर ‘इण्डियन २’ सन् २०२४ को प्रतीक्षित भारतीय फिल्ममध्ये एक हो । शंकर शनमुगमद्वारा निर्देशित फिल्मले ठूलो चर्चा पाएको छ । प्रशंसक ठूलो पर्दामा उनको पुनरागमन हुने कुरा कुराले उत्सुक छन् ।

यसैबीच, पहिलो भागमा ईश्वरीयाको भूमिका निर्वाह गरेकी अभिनेत्री मनिषा कोइराला आगामी श्रृंखलामा देखिने अनुमान गरिएको छ । पछिल्लो खबर अनुसार अघिल्लो फिल्ममा हसनको प्रेमिकाको भूमिका निर्वाह गरेकी मनिषा यो फिल्ममा पनि देखिने जनाइएको छ ।

यद्यपि, निर्माताले फिल्ममा मनिषाको भूमिकालाई लिएर कुनै पनि औपचारिक घोषणा गरेका छैनन् । यी हल्लाहरु यथार्थको निकट हुनसक्ने अनुमान गरिएको पिंकभिल्लाले उल्लेख गरेको छ ।

यो पोलिटिकल-थ्रिलर फिल्म आगामी १३ जुनमा रिलिज हुने जनाइएपनि निर्माताले निश्चित गरेका छैनन् ।

‘इण्डियन २’ यस वर्षको सबैभन्दा ठूलो तमिल फिल्ममध्ये एक हो, जसले पछिल्ला दिनमा ठूला फिल्म रिलिज हुन नसकिरहेको बेला व्यावसायिक आशा जगाएको छ । यो फिल्म ‘इण्डियन’को सिक्वेल हो, जसमा सेनापति नामक एक सचेत स्वतन्त्र योद्धा भ्रष्टाचारसँग लड्छन् । सेनापति ‘इण्डियन २’ अर्को चरणको संघर्षको लागि तयार छ ।

फिल्ममा कमल हसन, सिद्धार्थ, प्रिया भवानी शंकर, काजल अग्रवाल, रकुल प्रीत सिंह, बबी सिम्हा र दिवंगत कलाकार नेदुमुदी भेणु र विवेक मुख्य भूमिकामा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार