फिल्म ‘डिग्री माइला’ को शीर्ष गीत सार्वजनिक (भिडिओ)

२०८१ बैशाख २, आईतवार

काठमाडौँ : रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ को शीर्ष गीत सार्वजनिक गरिएको छ।

शनिबार अभिनेता दयाहाङ राईको जन्मदिनको अवसर पारेर फिल्ममा समावेश ‘म डिग्री माइला हो’ बोलको गीत सार्वजनिक गरिएको हो। यो फिल्म शुक्रबारदेखि हलमा प्रदर्शन भइरहेको छ। पवन गिरीको स्वर रहेको गीतमा दयाहाङ राई र आँचल शर्मालाई देख्न सकिन्छ।

स्वपनिल स्मृतिको शब्द रहेको गीतमा झूमा लिम्बुले संगीत भरेकी हुन्। फिल्मले आफ्नो शैक्षिक डिग्रीको अहमताले भरिएको पात्र र समाजले ऊप्रति राख्ने अपेक्षा र सोका कारण उत्पन्न परिस्थितिको कथा पेस गर्छ।

फिल्ममा दया र आँचलसँगै प्रकाश घिमिरे, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराललगायत कलाकारको अभिनय छ। बाँसुरी फिल्मसले कबड्डी फिल्मस तथा सुस्मा फिल्मससँग मिलेर निर्माण गरेको फिल्मका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन्। फिल्मका कार्यकारी निर्माता क्रिश लामा हुन्।

शिवराम श्रेष्ठ र राइली एस शिनले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार